Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अस्पतालबाट प्रधानमन्त्रीको भिडियो सन्देश – मेजर अप्रेसनपछि पनि बोल्न सक्ने भएँ


  • सोमबार, मंसिर १६ २०७६

  • अस्पतालबाट प्रधानमन्त्रीको भिडियो सन्देश – मेजर अप्रेसनपछि पनि बोल्न सक्ने भएँ

    काठमाडौं – मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सम्बोधनमार्फत आफ्नो स्वास्थ्यबारे जानकारी दिएका छन् ।

     प्रधानमन्त्री ओलीको भिडियो सन्देशको पूर्ण अंश:

    ‘एपेण्डीसाइटिस भनेको कसैलाई समय र सूचना दिएर आउने रोग होइन। यो अचानक आइलाग्छ। मलाई पनि अप्रत्यासित रुपमा त्यसैगरी आइलाग्यो। त्यसमा इन्फेक्सन भएछ। र, त्यो बाहिर पनि फैलिएछ। त्यसमा मात्रै इन्फेक्सन सिमित भएको भए निकालेर फाल्न सजिलो हुन्थ्यो। बाहिर पनि इन्फेक्सन भएको हुनाले त्यो इन्फेक्सनलाई पनि हटाउनु पर्यो। त्यस कारण उपचारका क्रममा हप्ता दश दिन लाग्ने भयो। तर, मेरो स्वास्थ्य राम्ररी सुधार भइराख्या छ। एउटा मेजर अपरेशनपछि तपाईंहरु देखिरहनु भएको छ– मेजर अपरेशनपछि पनि म उठेर बोल्न सक्ने, साथीहरुसाग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु।

    हिजो मैले १३ औं ‘साग’को उद्घाटन समारोह पनि पूरै हेरो। हुन सक्छ कि सक्दैन भन्ने दुविधा समाप्त भएकामा खुसी लाग्या छ। म राष्ट्रपतिज्यूलाई उद्घाटन गरिदिनु भएकोमा, अरु सबैलाई सहभागि हुनु भएकोमा धन्यवाद भन्न चाहन्छु। मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन म नेपाली खेलाडीहरु र सार्क क्षेत्रका खेलाडीहरु, सबैलाई आग्रह गर्दछु।’

     

    https://youtu.be/K4fQc7YKLUg

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij