काठमाडौँ -कुमारी बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत ललितपुरमा रहेको ज्ञान ज्योति आधारभूत विद्यालयमा टिफिन बक्स तथा स्कुल ब्याग वितरण गरेको छ ।
बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजिव गिरीले विद्यालयका प्रधानाध्यापक विष्णु भण्डारीलाई एक लाख बराबरको चेक हस्तान्तरण गरेका थिए ।
विपन्न वर्गका विद्यार्थीहरूलाई गुणस्तरीय आधारभूत शिक्षामा टेवा पुर्याउने उद्देश्यका साथ बैंकले विद्यालयलाई एक लाख बराबरका शैक्षिक सामाग्री, न्यानो ट्रयाक सुट, टिफिन बक्स तथा स्कुल ब्यागहरू हस्तान्तरण गरेको हो ।
हस्तान्तरण समारोहमा महालक्ष्मी नपा वडा–९ का अध्यक्ष वासुदेव गौतम, कुमारी बैंकका कर्मचारीहरु, विद्यालयका कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूको सहभागिता थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
