Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आज बङ्गलादेशका राष्ट्रपति नेपाल आउँदै


  • मंगलबार, कार्तिक २६ २०७६

  • आज बङ्गलादेशका राष्ट्रपति  नेपाल आउँदै

    काठमाडौं – बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद भ्रमणका क्रममा आज अपरान्ह नेपाल आउँदै छन् ।   चार दिवसीय भ्रमणका लागि उनी आज मध्याह्न बङ्गलादेश एयरलाइन्सबाट नेपाल ओर्लने कार्यक्रम छ । लामो समयपछि बङ्गलादेशबाट यस स्तरको भ्रमण भएको हो ।
    राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल भ्रमण गर्न लागेका राष्ट्रपति मोहम्मद अब्दुल हमिद ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आउन लागेका हुन् ।
    राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक स्वागत गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उहाँले राष्ट्रपति भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा भोली अपराह्न भेटवार्ता गर्ने कार्यक्रम छ ।

    राष्ट्रपति भण्डारीले आफ्ना बङ्गलादेशी समकक्षी तथा उनी नेतृत्वको प्रतिनिधिमण्डलको सम्मानमा भोली बेलुका राजकीय भोज आयोजना गर्ने तालिका रहेको छ ।
    उनले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने बताइएको छ ।
    यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, राजनीतिक दलका वरिष्ठ नेताहरूले पनि शिष्टाचार भेट गर्ने बताइएको छ ।
    नेपाल बसाइका क्रममा बङ्गलादेशका विशिष्ट अतिथिले भक्तपुर दरबार क्षेत्र, पोखराका साथै काठमाडौँको चन्द्रगिरिको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij