Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रौतहटमा टेम्पोको ठक्करबाट गस्तीमा रहेका सई श्रीनारायण पण्डित घाइते


  • आइतबार, कार्तिक २४ २०७६

  • रौतहटमा टेम्पोको ठक्करबाट गस्तीमा रहेका  सई श्रीनारायण पण्डित  घाइते

    रौतहट- रौतहटको कटहरिया बजारमा गस्तीमा रहेका एकजना प्रहरी नायब निरीक्षक (सई) टेम्पोको ठक्करबाट गम्भीर घाइते भएका छन् ।
    इलाका प्रहरी कार्यालय कटहरियाका सई श्रीनारायण पण्डित
    मोटरसाइकल गस्तीमा गएका बेला टेम्पोको ठक्करबाट गम्भीर घाइते भएका हुन् । शनिवार राती ८ः३० बजे बा ५७प ३८३९ नम्बरको मोटरसाइकलमा गस्तीका लागि निस्किएका सई पण्डितलाई विपरित दिशाबाट आउँदै गरेको ना२ह २६९नम्बरको टेम्पोले ठक्कर दिएको हो ।
    दुुर्घटनामा परी पण्डितको दायाँ हात भाँचिएको र अनुहारलगायत शरीरका विभिन्न ठाँउमा गम्भीर चोट लागेका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । सई पण्डितलाई कटहरियाबाट सामान्य उपचारपछि लगत्तै थप उपचारका लागि राती नै वीरगञ्ज पठाइएको छ ।

    अत्यधिक मदिरा सेवनगरी तीब्र गतीमा गइरहेको टेम्पोले सई पण्डित चढेको मोटरसाइकललाई ठक्कर दिएपछि सडकछेउमै रहेको बसमा र त्यसपछि नगरपालिकाको कम्पाउण्डवालमा ठोकेको थियो ।
    दुर्घटनापछि भागेका टेम्पो चालक कटहरिया–५ का प्रभु साह सोनारलाई सई पण्डितसँगै मोटरसाइकलमा पछाडी बसिरहेका अर्का प्रहरी जवानले नियन्त्रणमा लिएका छन् ।
    ठक्कर दिने चालक हाल इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको र टेम्पो इलाका प्रहरी कार्यालय कटहरियामा रहेको तथा घटनाबारे अनुुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij