Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको शाखा कार्यालय र एक्सटेन्सन काउण्टर विस्तार


  • मंगलबार, कार्तिक ५ २०७६

  • गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको शाखा कार्यालय र एक्सटेन्सन काउण्टर विस्तार

    काठमाडौं – गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले चन्द्रनिगापुर, रौतहतमा तेह्रौं शाखा स्थापना गरेको छ । उक्त शाखाको चन्द्रनिगापुर नगरपालिकाका मेयर राम चन्द्र चौधरी तथा संस्थाका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठको समुपस्थितिमा औपचारिक उद्घाटन गरिएको हो । त्यस्तै, सोही दिन सिमरा, बारामा यस संस्थाका अध्यक्ष श्रीमान श्रेष्ठबाट विधिवत रुपमा सिमरा एक्सटेन्सन काउण्टरको उद्घाटन एवं शुभारम्भ भएको छ ।
    यस फाइनान्सले बैंकिङ्ग सेवामा एटिम सेवा,एसएमएस बैकिङ्ग सेवा,ई- बैकिङ्ग सेवा, ईसीसी सेवा,आइपिएस केनेक्ट सेवा, लकर सुविधा, विभिन्न विप्रेशण सेवा तथा डिपी सेवा र सि -एसविए सेवा साथै व्यक्तिगत खाताको लागि ३ लाखसम्मको निक्षेप बीमा सुविधा समेत दिदै आएको छ । साथै अब केही समयमै न्यूरोड, काठमाडौं र टंगल, ललितपुरमा थप चौधौं र पन्ध्रौ शाखा कार्यालयहरु विस्तार हुने फाइनान्सले उल्लेख गरेको छ ।
    गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.को २०७६ आश्विन मसान्तसम्म निक्षेप संकलन
    रु. ३ अर्ब ८२ करोड रहेको तथा कर्जा रु.३ अर्ब २१ करोड प्रवाह गरी रु. २ करोड १० लाख संचालन मुनाफा गरेको संस्थाद्धारा छ । यस वित्तीय संस्थाको चुक्तापूँजी ८० करोड तथा जगेडा कोषमा रु. २४ करोड ८७ लाख रहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij