Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ललितपुरबाट ४ मोटरसाइकलसहित ३ जना पक्राउ


  • बिहिबार, असोज ३० २०७६

  • ललितपुरबाट ४ मोटरसाइकलसहित ३ जना पक्राउ

    ललितपुर– महानगरिय प्रहरी बृत्त सातदोबाटोले चोरी भएको मोटरसाइकलसहित चोरलाई नियन्त्रणमा लिएको छ । ललितपुरका विभिन्न क्षेत्रबाट मोटरसाइकल तथा स्कुटर चोरी भएको भन्दै वृत्तमा उजुरी परेको थियो । प्रहरीले अनुन्धान गर्दै जाँदा २ नावालक र अम्मर तामाङसहित प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हो ।
    पक्राउ पर्नेहरुमा सर्लाही घर भई हाल इमाडोल बस्ने वर्ष १६, मकवनापुर घर भई हाल ललितपुर बोधीग्राम बस्ने वर्ष १३ का नावालक र मकवानपुर कुलेखानी घर भई हाल लगनखेल वस्ने वर्ष १९ को अम्बर तामाङ रहेका छन् ।
    महानगरिय प्रहरी वृत्त सातदोबाटोले दुई नावालकसँग ललितपुरको हात्तीबनबाट हराएको बा ५६ ३०८३ नम्बरको स्कुटर, भेल्पामा खडानन्दन चौलागाईको घर अगाडि पार्किङ गरेर राखेको बा ४३ प ३२५६ को स्कूटर र बा ८६ ४ ७३२५ नम्बरको स्कुटर बरामद गरेको छ ।
    टीकाथलीबाट चोरी भएको र चोरी गरेको मोटरसाइकलमा हिँडिरहेको अवस्थामा प्रदेश ३ ०३–००२–००४ प २६०२ नम्बरको २०० सिसीको पल्सर मोटरसाइकल तामााङकासाथबाट बरामद गरिएको महानगरिय प्रहरी वृत्त सातदोबाटोका डिएसपी गौतम मिश्रले बताए ।

    उनीहरुलाई म्याद थप गरि आवश्यक अनुसन्धान गरिरहेको वृत्तका डिएसपी गौतम मिश्रले बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij