काठमाडौँ जनवादी गणतन्त्र चिनका राष्ट्रपति सी जिनपिङ आज एयर चाइनाको प्रेसिडेन्टल जेट विमान बोइङ ७४७–४०० मार्फत अपरान्ह साढे तीन बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनी उत्रिने छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउन लागेका हुन् । राष्ट्रपति सी शनिबार भारतको तमिलनाडुस्थित चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै काठमाडौँ आइपुग्ने छन् ।
राष्ट्रपति सीको सुरक्षाको लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुुसन्धान विभागका कर्मचारी तैनाथ रहनेछन् ।
गृह मन्त्रालयले तयार पारेको सुरक्षा योजना अनुसार भीभीआईपी सुरक्षाको पहिलो घेरामा नेपाली सेना रहनेछ । दोस्रो घेरामा प्रहरी र तेस्रो घेरामा सशस्त्र प्रहरीको सुरक्षा घेरा रहने बताइएको छ ।
अति विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि–२०७० अनुसार गृह मन्त्रालयले तयार गरेको सुरक्षा योजना अनुसार दोस्रो घेरामा नेपाल प्रहरी रहने छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय भ्रमणको सुरक्षा प्रबन्धका लागि नेपाली सेनाको कमान्डमा विशेष फौज परिचालन गरिएको छ। भ्रमणका बेला विमानस्थलन, सवारी रूट, होटल, कार्यक्रमस्थल तथा अन्य संवेदनशील स्थानमा करिब १५ हजार सुरक्षाकर्मी परिचालित हुनेछन्। राष्ट्रपति सीको सुरक्षाको लागि तेस्रो घेरामा सशस्त्र प्रहरी बल परिचालित हुनेछ । भीभीआईपी मुभमेन्ट हुने स्थानहरुका पुल, आकाशेपुल र कल्भर्टहरुको सशस्त्र प्रहरी बलका सुरक्षा अधिकारीहरुले सुरक्षा गर्नेछन् ।
सीको विशेष सुरक्षाका लागि चारवटै सुरक्षा निकायबाट परिचालित हुने १५ हजार सुरक्षाकर्मीमध्ये करिब ८ हजार नेपाल प्रहरीबाट खटिएका छन्। बाँकी सेना र सशस्त्रबाट परिचालित हुनेछन्। सूचना संकलनका लागि राष्ट्रिय अनुसन्धान विभागबाट सादा पोशाकमा सुरक्षाकर्मी खटाइएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
