अस्ट्रेलियाको मेलवर्नमा एक २१ वर्षिय नेपाली विद्यार्थी समिर कोइराला मृत अवस्थामा भेटिएका छन । चितवन स्थाई घर भएका समिर कोइराला बुधबार दिउसो आफ्नै घरमा मृत अवस्थामा भेटिएको एनआरएन अस्ट्रेलियाले जानकारी दिएको छ । कुकरी अध्यन गर्न ६ महिना अघि मात्रै अध्ययनका लागि अष्ट्रेलिया आएका समिर साथीभाइसँंग बस्दै आएका थिए । केही समयदेखि मानसिक तनावमा देखिने गरेका समिरको असमायिक निधन बारे
प्रहरीले अनुसन्धान गरिरहेको छ । समिरको परिवारसँंग समन्वय गरेर मृतकको लास नेपाल लाने अभियानमा एनआरएन विध्यार्थी काउन्सिल एडभाइजरी टिम लािगपरेको एनआरएनका पब्लीक अफीसर सुमन अधिकारीले जानकारी दिए । शव नेपाल पठाउन गो फन्ड मार्फत सहयोग रकम संकलन सुरु भएको छ । छोराको निधन भएपछि चितवनमा कोइराला परिवारमा रुवाबासी चलेको छ । उनको मृत्युको खबर सुनेर समिरको बुवालाई समेत अस्पताल भर्ना गरिएको उनका एक नातेदारले बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
