Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्रन अदालतको अनुमति


  • आइतबार, असोज १९ २०७६

  • निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्रन अदालतको अनुमति

    काठमाण्डाै – बलात्कार प्रयासकाे आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न काठमाण्डौ जिल्ला अदालतले अनुमति दिएको छ ।

    रोशनी शाहीले अस्ति शुक्रबार राति नयाँ बानेश्वर प्रहरी वृत्तमा बलात्कारको प्रयास गरेको आरोप लगाउँदै निवर्तमान सभामुख महराविरुद्ध किटानी जाहेरी दिनुभएको थियो । तर अदालतको अनुमतिविना पक्राउ गर्न नमिल्ने कानुनी व्यवस्थाका कारण प्रहरीले शनिबार सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा पक्राउ अनुमति मागेको थियो ।

    आज काठमाण्डौ जिल्ला अदालतका न्यायाधीस ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij