Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एनआरएनए आईसिसिको उपाध्यक्षमा किरण बिक्रम थापाले उम्मेद्वारी दिने


  • बिहिबार, असोज १६ २०७६

  • एनआरएनए आईसिसिको उपाध्यक्षमा  किरण बिक्रम थापाले उम्मेद्वारी दिने

     

    टोकियो – गैरआवासीय नेपाली संघ (एनआरएनए) को २०१९-२०२१ कार्यकालको लागि एशिया तथा प्रशान्त क्षेत्रका क्षेत्रीय संयोजक (आरसी) किरण थापाले एनआरएन आईसीसीको उपाध्यक्ष पदमा उम्मेद्वार दिने धोषण गरेका छन्। एनआरएनएको एशिया तथा प्रशान्त क्षेत्रका क्षेत्रीय संयोजक थापाले आफू यसको अधिवेशनमा उपाध्यक्षमा उम्मेदवार दिने बताएका हुन्। किरण थापा एसिया प्यासफिक क्षेत्रका दुई कार्यकालका संयोजक हुन्। काठमाण्डौ जिल्लाका रैथाने थापा कर्ममा निरन्तरता र काममा दृढता राख्दछन । १९८८ देखि बिदेशमा ब्यबसाय गरीबसेका थापा हाल जापानमा एक्सपोर्ट र इम्पोर्टको ब्यबसायमा क्रियाशील छन।

    थापा यस बाहेक रेष्टुरेन्ट, ह्याण्डिक्राफ्ट लगायतको ब्यबसाय सचालन गरेका छनभने नेपालमा शिक्षा, जलविद्दुत इन्सुरेन्स, बैंक लगायतको क्षेत्रमा लगानी गरेका छन। २००६ मा पहिलो पटक एनआरएनए जापानको सदस्यता लिएका थापा एनसीसी जापानको सदस्य सहित २००७-२०११ सम्म अन्तराष्ट्रिय परिषद सदस्य, २०११-२०१३ एशिया प्रसान्त क्षेत्रको क्षेत्रीय उपसंयोजक, २०१५ देखि २०१९ सम्म दुइ-दुइ कार्यकाल सोहि क्षेत्रको क्षेत्रीय संयोजक रहेका छन्। यस पटक भने आईसिसि उपाध्यक्षमा आकांक्षी भएका छन् । आफ्नो कार्यकालमा संघका नियमित प्रोजेक्टहरुमा सपोर्ट, सहभागिता निरन्तर नै थियो। त्यस बाहेक फिलिपिन्समा क्षेत्रीय सम्मेलन, बालीमा बिजनेश सम्मेलन, जापानमा ६० औं कुटनैतिक संबन्धको उपलक्षमा बिशेष कार्यक्रम, मलेसिया, हङकङ र म्यान्मारमा क्षेत्रीय बैठकहरु नै आफ्नो पालाका बिशेष कामहरु सम्पन्न गरेको थापाले बताए

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij