काठमाडौ- नेपाल र चीनबीच तीन वटा समझदारी भएका छन्। सोमबार राजधानीको होटल याक एन्ड यतिमा भएको परराष्ट्र मन्त्रिस्तरीय बैठकमा ती तीन समझदारी पत्रमा हस्ताक्षर भएको हो।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेश मन्त्री वाङ यीको उपस्थितिमा दुई देशका अधिकारीहरूले सम्झौता पत्र अदानप्रदान गरेका थिए ।
अब चीनले हिमाल पारीको जिल्ला मनाङमा ३५ करोड ६० लाख रुपैयाँ लगानीमा अस्पताल बनाउने भएको छ।
त्यस्तै, चिनियाँ पक्षले आपतकालीन सेवाका लागि गृह मन्त्रालयलाई ५ हजार टेन्ट उपलब्ध गराउने समझदारीमा पनि हस्ताक्षर भएको छ।
चीनले बाढी प्रभावित नागरिकलाई १ करोड ६० लाख रुपैयाँ सहयोग गर्ने समझदारी पनि भएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
