Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दूर्लभ १२ वटा सुन गोहोरोसहित मोरङमा एकजना पक्राउ


  • सोमबार, भाद्र २ २०७६

  • दूर्लभ १२ वटा सुन गोहोरोसहित मोरङमा एकजना पक्राउ

    मोरङ – मोरङमा प्रहरीले १२ वटा दूर्लभ जनावर सुन गोहोरोसहित एकजनालाई पक्राउ गरेको छ ।
    प्रचौ सिक्टीबाट खटिएको प्रहरी टोलीले सुनवर्षी नगरपालिका(८ हर्चगढीबाट पथरी शनिश्चरे नगरपालिका(६ का ५९ वर्षीय जसबहादुर धिमाललाई शनिबार साँझ पक्राउ गरेको हो ।
    साइकलमा सिक्टीबाट डायनियातर्फ आउँदै गरेका जसबहादुरबाट चेकजाँचका क्रममा १२ वटा जिवित सुन गोहोरा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।
    उनले प्लाष्टिकको बोहोरामा राखेर सुन गोहोरो डायनिया तर्फ लैजाँदै थिए । पक्राउ परेका जसबहादुरलाई प्रहरीले कारबाहीका लागि डिभिजन वन कार्यालय मोरङ पठाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij