Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने तिन पक्राउ


  • आइतबार, भाद्र १ २०७६

  • प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने तिन पक्राउ

    वीरगञ्ज – प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा बारा प्रहरीले ३ जनालाई शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रसौनी गाउापालिका-५ का ४५ वर्षीय शम्भुप्रसाद साह, वडा-६ का २६ वर्षीय मुरारी कुशवाहा र कलैया उपमहानगरपालिका-१६ का २४ वर्षीय छोटेलाल पटेल रहेको बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।
    भारतबाट अवैध रुपमा कस्टमेटिक तथा कपडा लगायतका सामान भित्र्याउने वातावरण बनाइदिन भन्दै प्रहरीलाई मासिक २६ हजार रुपैयाँ दिने भन्दै प्रलोभनमा पार्न खोजेपछि उनीहरुले पक्राउ गरेको उनले बताए ।
    पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धान भइरहेको भट्टराईले जानकारी दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij