Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गोरखामा रेडक्रसको राहत सामग्री चोरी गर्ने चार जना पक्राउ


  • बिहिबार, साउन २३ २०७६

  • गोरखामा रेडक्रसको राहत सामग्री चोरी गर्ने चार जना पक्राउ

    गोरखा – गोरखाको कार्यालयमा वितरणका लागि राखिएको सामग्री चोरी गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    उनीहरुलाई बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय गोरखाले जनाएको छ ।
    पक्राउ पर्नेमा गोरखा नगरपालिका–९ टक्सार बस्ने जितेन्द्र माझी, राजकुमार माझी, सुरेश माझी र सियाराम माझी छन् । पक्राउ परेकाहरुको कोठाबाट चोरी गरिएको सामग्रीसमेत बरामद गरिएको थियो ।
    गएको असार २६ गते रेडक्रसले वितरण गर्न राखेको कम्मल, त्रिपाल, ब्ल्याङकेट, रेनकोट, स्लिपिङब्यागलगायतका करीब रु दुई लाख ५० हजार बराबरको सामग्री कार्यालयबाटै चोरी भएको थियो । पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij