Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पहिलोपटक कालिमाटी बजारमा ३० प्रकारका विषादी परीक्षण


  • बिहिबार, साउन २ २०७६

  • पहिलोपटक कालिमाटी बजारमा ३० प्रकारका विषादी परीक्षण

    काठमाडौं – पहिलोपटक कालिमाटी तरकारी तथा फलफूल बजारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विषादी परीक्षण गरेको छ । बजारबाट संकलित नमूनाको परीक्षण गर्दा कुनै पनि तरकारी खान अयोग्य नभेटिएको विभागले जनाएको छ ।
    कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले गत शुक्रबार कालिमाटीमा भित्रिएका तरकारीको नमून संकलन गरी विषादी परीक्षणको प्रतिवेदन बुझाउन विभागलाई निर्देशन दिएका थिए ।
    विभागले बुझाएको प्रतिवेदन अनुसार ९ वटा उत्पादनमा ३० प्रकारका विषादीको परीक्षण गर्दा खान नमिल्ने खालको विषादी नभेटिएको विभागले जनाएको छ ।
    सबै उत्पादनमा सरकारले तोकेको मापदण्ड भित्रैको विषादी प्रयोग भएको पाइएको विभागले जनाएको छ। विभागका अनुसार सुनसरीको लौका, रामकोट काठमाडौंको गोलभेडा र भक्तपुरको बोडी तथा भारत कानपुरको आलु र लौकामा एकै प्रकारको क्लोरोपाइडापस नामक विषादी प्रयोग भएको पाइएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij