काठमाडौं -टेलरिङ व्यवसायको आडमा ललितपुर महानगरपालिका ११ मा लागुऔषध कारोवार गर्दै आएका एक दम्पतीलाई लागुऔषध नियन्त्रण व्युरो कोटेश्वरको टोलीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा रामेछापको दोरम्बा गाउँपालिका ७ का २५ वर्षीय सुरेन नगरकोटी र उनकी श्रीमती २१ वर्षीया अजिता गुरुङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
ललितपुर महानगरपालिका ११ मा संचालन गरेको टेलरिङ पसलमा लुकाएर राखेको अवस्थामा ठूलो परिमाणमा लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले पसलबाट डाईजेपाम १७८३ एम्पुल, बुप्रोनोर्फिन २१२१ एम्पुल र फेनारगन १२०१ एम्पुल बरामद गरेको जनाएको छ । विभिन्न ब्राण्डका ३६ वटा मोवाइल, तीन थान आइप्याड र एक लाख ५० हजार नगदसमेत बरामद गरेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
