Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कञ्चन डेभलपमेन्ट बैंकको एक्सटेन्सन काउन्टर भिमदत्त नगरपालिका परिसरभित्र


  • बिहिबार, असार १२ २०७६

  • कञ्चन डेभलपमेन्ट बैंकको एक्सटेन्सन काउन्टर भिमदत्त नगरपालिका परिसरभित्र

    काठमाडौं – कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले भिमदत्त नगरपालिकाको परिसरभित्र एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको छ ।
    उक्त एक्सटेन्सन काउण्टरको उद्घाटन भिमदत्त नगरपालिकाका नगर प्रमुखसुरेन्द्र बिष्टले गरेका हुन् ।
    अब भिमदत्त नगरपालिकाका सेवाग्राहीहरुले तिर्नुपर्ने सम्पुर्ण कर तथा शुल्कहरु यसै एक्सटेन्सन काउण्टर मार्फत भुक्तानी गर्न सक्नेछन् । यसका साथै सम्पुर्ण बैैकिङ्ग सुविधाहरु पनि यसै काउण्टर मार्फत ग्राहक वर्गहरुले उपभोग गर्न पाउने छन् ।
    प्रधान कार्यालय कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा न. ४, महेन्द्रनगर बजारमा रहेको यस बैंकका हालसम्म कञ्चनपुरमा ७ शाखा, २ एक्सटेन्सन काउण्टर कैलालीमा ७ शाखा, १ एक्सटेन्सन काउण्टर र डडेल्धुरामा १ गरि कुल १५ शाखा र ३ एक्सटेन्सन काउण्टर सञ्चालनमा आएका छन् । दुई महिना भित्र डोटी र वैतडीमा दुई शाखा सञ्चालनमा ल्याउने तयारी भइरहेको बैंकले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij