Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रसुवागढी जलविद्युतको सुरुङबाट १७ जनाको सकुशल उद्धार


  • शुक्रबार, असार ६ २०७६

  • रसुवागढी जलविद्युतको सुरुङबाट १७ जनाको सकुशल उद्धार

    काठमाडौं -निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरूङमा थुनिएका सबै कामदारलाई सकुशल उद्धार गरिएको छ ।
    शुक्रबार बिहान ७ बजे ११ जना नेपाली र ६ जना चिनियाँ कामदारलाई सुरुङबाट सुरक्षित बाहिर निकालिएको प्रहरीले जनाएको छ ।
    बिहीबार राति साढे ८ बजेतिर गोसाइकुण्ड गाउँपालिका वडा नम्बर २ तातोपानी क्षेत्र नजिक निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरूङभित्र सुख्खा पहिरो खस्दा १७ जना कामदार थुनिएका थिए ।
    कामदारहरु थुनिएको जानकारी पाएको १० मिनेटभित्रै खोज तथा उद्धारका लागि नेपाली सेनाको एक सेक्सन, सशस्त्र प्रहरीको २० जनाको टोली, जनपद प्रहरी ७ जना गरी ३८ जनाको टोली घटनास्थलमा परिचालन गरिएको थियो ।
    सुरुङ क्षेत्रमा सुक्खा पहिरो खस्ने क्रम जारी रहेकाले जोखिम कायमै रहेको प्रहरीले जनाएको छ । त्यसैले अहिले आयोजनाको काम रोकिएको छ । केही उपकरणहरु सुरुङभित्रै थुनिएका छन् । तर, भौतिक क्षतिको विस्तृत विवरण भने आइसकेको छैन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij