Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अस्थिरता निम्त्याउन खोजियो – प्रधानमन्त्री


  • मंगलबार, असार ३ २०७६

  • अस्थिरता निम्त्याउन खोजियो – प्रधानमन्त्री

    काठमाडौं – सरकारले सम्बृद्धिको कामबाट केहि तत्व डराएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस तर्फ इंगीत गर्दै ओलीले तर सम्बृद्धिको यात्रा नरोकिने बताए । सरकार देशको सार्वभौमिकत, अखण्डता र स्वाभिमान प्रति सजग रहेको प्रधानमन्त्रीले बताए । यति बेला मुलुकमा विभिन्न पक्षले अस्थिरता निम्त्याउन खोजिएको उनको आरोप छ ।
    ओलीले हालै आफ्नो युरोप र बेलायत भ्रमण सफल रहेको दावी गरेका छन् । उच्चस्तरिय राजनीतिक भेटघाट र लगानीकर्ताहरुसंग फलखायी छलफल गरिएको प्रधानमन्त्रीले बताए ।
    संसदमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेपछि पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले सरकारको धारणा सार्वजनिक गरेका हुन । आफु विदेशमा रहेको समयमा मुलुकमा तनाव बढाउने काम गरेको आरोप लगाए । उनले गुठि विद्येयक सरोकारवालाहरुसंग छलफल गरेर ल्याएको दावी गरे । उनले गुठि संरक्षण कै लागि विद्येयक ल्याइएको दावी गरे ।
    गुठि विद्येयक विरुद्धको आन्दोलनमा गुठि र सम्पदालाई माया गर्ने व्यक्ति नभएको आरोप प्रधानमन्त्रीले लगाए । विद्येयकहरु प्रति सडकमा विरोध जनाइरहेको प्रति उनले असन्तुटि जनाए । छलफल संसदमा गर्नु पर्ने तर्क प्रधानमन्त्री ओलीको छ । ओलीले सम्बादबाट समस्या समाधान गर्न सकिने पनि बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij