Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ


  • मंगलबार, जेष्ठ २८ २०७६

  • जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

    काठमाडौं – काठमाडौं महानगरपालिका ६ बौद्ध रामहिटीस्थित छिरिङ लामाको घरमा जुवातास खेलिरहेको अबस्थामा रामहिटी बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका घर भएका ३३ वर्षीया रेवती लामा समेत ७ जनालाई नगद ३३ हजार २ सय ८५ रुपैयाँ र ३ बुक तास सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरको छ । जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
    त्यसैगरी काभ्रे बनेपा नगरपालिका १ टुकुचा बस्ने ३४ वर्षीय योगेश श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा योगेश समेत ५ जनालाई नगद १ लाख ७१ हजार रुपैयाँ र १ सय ६० पिस तास सहित सोमबार राति प्रहरीले पक्राउ गरेको हो । जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
    त्यसैगरी कास्की पोखरा महानगरपालिका १३ लामादहरा बस्ने ४३ वर्षीय राजु तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा राजु समेत ७ जनालाई नगद २५ हजार ४ सय ९५ रुपैयाँ र ३ बुक तास सहित सोमबार बेलुका प्रहरीले पक्राउ गरको छ । जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । साथै कास्की, पोखरा महानगरपालिका ५ मालेपाटनस्थित होटल बाँसघारीमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय दिपसन गुरुङ समेत ६ जनालाई नगद ५२ हजार ६० रुपैयाँ र ४ बुक तास सहित सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
    यस सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij