Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्राइम कमर्सियल बैंकले १६ प्रतिशत वोनस शेयर दिने


  • सोमबार, जेष्ठ २७ २०७६

  • प्राइम कमर्सियल बैंकले १६ प्रतिशत वोनस शेयर दिने

    काठमाडौं– प्राइम कमर्सियल बैंकले शेयरधनीहरुलाई १६ प्रतिशत वोनस शेयर दिने निर्णय गर्दै एघारौें बार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकको साधारण सभाले बैंकको संचालक समितिमा सस्थापक समुहमा उदय मोहन श्रेष्ठ, नरेन्द्र बज्राचार्य र राजेन्द्र दास श्रेष्ठ लाई निर्विरोध निर्वाचित गरेको छ । यसैगरी, साधारण शेयर धनीको समुहमा मनोज पौडेल र प्रचण्डमान श्रेष्ठ लाई निर्विरोध निर्वाचित गरेको छ ।
    बैकले आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको संजाल बिस्तार गर्दै लगी शेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफल दिन बैंक प्रतिवद्ध रहेको बताएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij