Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सन नेपाल लाइफ र सिद्धार्थ बैंक बीच बैंकास्योरेन्स सम्झौता


  • बुधबार, जेष्ठ १५ २०७६

  • सन नेपाल लाइफ र सिद्धार्थ बैंक बीच बैंकास्योरेन्स सम्झौता

    काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स र सिद्धार्थ बैंक बीच बैकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट मुख्य बजार विकास प्रवद्र्धक राजु के।सी। र सिद्धार्थ बैंकको तर्फबाट सहायक महाप्रवन्धक अर्जुन भद्र खनालले हस्ताक्षर गरेका थिए ।
    यस सम्झौता अन्र्तगत सिद्धार्थ बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट सेवा सहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु सिद्धार्थ बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij