Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रचण्ड र बेलायती मन्त्रीविच भेटबार्ता


  • बुधबार, जेष्ठ ८ २०७६

  • प्रचण्ड र  बेलायती मन्त्रीविच  भेटबार्ता

    ललितपुर– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बेलायतको अन्तर्राष्ट्रिय विकास विभागकी मन्त्री बरोनस सागले भेटबार्ता गरेकी छन् । ललितपुरस्थित अध्यक्ष निवास खुमलटारमा भएको भेटमा नेपालको वर्तमान राजनीति र आर्थिक समृद्धिका बिषयमा छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
    भेटमा अध्यक्ष प्रचण्डले नेपालमा राजनीतिक स्थिरता कायम भएको र आफूहरु आर्थिक समृद्धिका लागि अगाडि बढेको बताएका थिए ।
    ‘आर्थिक विकासका लागि हामीलाई धेरै प्राविधिक जनशक्तिको आवश्यकता पर्ने भएकाले हामीले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गरी वर्तमान सरकार र पार्टीले व्याबहारिक तथा व्यवसायिक शिक्षालाई उच्च प्राथमिकतामा राखेका छौं’ भेटमा अध्यक्ष प्रचण्डले भनेका थिए ।
    उनले शान्ति प्रक्रिया, नयाँ संविधान र तीन तहको निर्वाचन पश्चात अबको देशको आर्थिक समृद्धिमा नै एक मात्र लक्ष्य रहेको प्रष्ट्याएका थिए ।
    त्यसक्रममा बेलायतकी मन्त्री सगले नेपालमा महिलाहरुको राजनीति र सामाजिक क्षेत्रमा भएको सहभागिताले आफू अत्यन्त प्रभावित बनेको बताइन् । उनले स्थानीय, प्रदेश र केन्द्रका निर्वाचनमा महिलाहरुको सहभागिता दुनियाँका लागि उदाहरणीय कार्य भएको बताइन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij