नेपाली कांग्रेसका नेता तथा पुर्व सन्चार मन्त्री मिनेन्द्र रिजालले राज्य आफुले गरेका गलत काम कारबाहीको ब्यापकता पाएपछि प्रेशमाथि दमनकारी भुमिकामा उभिएको बताएका छन ।मेलवर्नमा नेपाली जनसम्पर्क समिती अस्ट्रेलियाको आयोजनामा शनिबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै रिजालले सरकारले मिडिया काउन्सिल बिधेयक ल्याएर राज्यले स्वतन्त्र प्रेशमाथि सिधै हस्तक्षेप गर्न लाएको आरोप लगाएका छन । स्वतन्त्र पत्रकारीता माथि अंकुश लगाएर आफ्नो विरोध गर्नेहरुलाई कानुनी कठघरा मार्फत नियन्त्रणमा लिने यो प्रयास सफल नहुने र कांग्रेशले यसको विरोधमा आवाज बुलन्द पारेको समेत पुर्व संन्चार मन्त्री रिजालले बताए । नेपाल पत्रकार महासंघले समेत आन्दोलन गरिरहेको अवस्थामा यसको शंसोधन गरिनु पर्ने र नेपाली प्रेशको स्वतन्त्रता कायमै राख्नु अहिलेको आवश्यकता भएको रिजालले सुनाए । नेता रिजालले बिदेशमा रहेको प्रवासी नेपालीका लागि सहज ढंगमा दोहोरो नागरिकता दिने बिषयमा कांग्रेशका स्पष्ट निती रहेको र अहिले सबै कुरा अगाडि बढदा पनि निर्णय प्रकृयामा ढिलाइ भएकोमा दुख ब्यक्त गरे । उनले भने जहाँं बसेपनि नेपाली नेपाली नै हुन , उनिहरुको सहभागिता र लगानी अनि माटोको मायामा कत्ती पनि फरक छैन,दोहोरो नागरिकताको बिषयमा बिभिन्न बहाना बनाउनु पर्ने आवश्यकता छैन,यसलाई तुरुन्त निर्णयार्थ प्रस्तुत गर्नुपर्छ ।
जनसम्पर्क समिती अस्ट्रेलिया मेलवर्नका अध्यक्ष शुरेस पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा एनआरएनका उपाध्यक्ष केशव कडेंलले डमोक्रयाट शक्तीहरु फुटेर हैन जुटेर जानुपर्ने अहिलेको महत्वपुर्ण पाटो रहेको बताए । कडेंलले एनआरएन अस्ट्रेलियाको निर्वाचन नजिकीदै गर्दा आफुपनि अध्यक्षको प्रत्यासी भएको र सबैले यसमा सहयोग र सदभाव राख्ने कुरामा बिश्वस्त रहेको बताए ।
कार्यक्रममा जनसम्पर्क समिती अस्ट्रेलियाका अध्यक्ष शुरेस पोखरेलले नेपाली कांग्रेशले बिदेशमा आफ्नो बिचार र समर्थकहरुलाई राम्ररी समेटन नसक्दा डमोक्रयाटहरुबिच आपसी मनमुटाव बढेको बताए । उनले पार्टीले यस्तो संवेदनशिल बिषयमा समेत गुट र स्वार्थले काम गरेका कारण लाखौ काग्रेशका समर्थकहरु झन्डा र आस्था मुनी बिधिन नसकेको गुनासो पनि पोखे । सामािजक अभियन्ता नारायण् काफ्लेले यस पटकको एनअराएनको तयारीका बारेमा मन्त्री रिजाललाई ब्रिफीङ गरेका थिए ।
मेलवर्नका बैज्ञानिक डा राजु अधिकारी, युवा अभियन्ता बिनोद लामा, देबेन्द्र बस्नेत लगायतले पुर्व मन्त्री रिजाललाई फुलमालाले स्वागत गरेका थिए ।
कार्यक्रममा मेलवर्नमा रहेको समाजिक अगुवा तथा प्रजातन्त्रप्रेमीहरुको बाक्लो उपस्थीती रहेको थियो । जनसम्पर्क समिती पर्थको निमन्त्रणामा अस्ट्रेलिया आइपुगेका नेता रिजाल सोमबार न्युजिल्यान्ड प्रस्थान गरेका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
