काठमाडौं – महालक्ष्मी विकास बैंकले मैतिदेवीमा शाखा कार्यालय खोलेको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले शाखाको उद्घाटन गरे ।
उक्तकार्यक्रममा सभापतिको आसन बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायज्यूले ग्रहणगर्नु भएको थियो भने विशेष अतिथिका रुपमा मैतीदेवीका वडा अध्यक्ष दलबहादुर कार्की तथा बैंकका सञ्चालक समितिका सदस्य रुपेन्द्र पौडेल रहेका थिए ।
बैँकका प्रमुखकार्यकारी अधिकृत कृष्णराज लामिछानेले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थिति प्रति कृतज्ञता ज्ञापन गरेका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
