Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एनएमबि र ओम डेभलपमेन्ट बैंक मर्ज हुने


  • शुक्रबार, जेष्ठ ३ २०७६

  • एनएमबि र ओम डेभलपमेन्ट बैंक मर्ज हुने

    काठमाडौं– एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकले मर्जरमा जाने सम्झौतामा बिहीबार हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा एनएमबि बैंकका सञ्चालक प्रदीपराज पाण्डे र ओमका सञ्चालक योगेन्द्रलाल प्रधानले हस्ताक्षर गरेका हुन् ।
    आगामी २ महिनाभित्र मर्जर सम्पन्न गर्ने एनएमबि बैंकका सीइओ सुनिल केसीले बताएका छन् । मर्जरपछि बन्ने बैंकको नाम पनि एनएमबि नै राखिने भएको छ ।
    एनएमबि बैंक सञ्चालनमा आएको २२ वर्ष भएको भने ओम सञ्चालनमा आएको १९ वर्ष बितिसकेको छ ।
    तेस्रो त्रैमाससम्म आइपुग्दा एनएमबिको चुक्ता पुँजी ९ अर्ब ६१ करोड ८१ लाख रुपैयाँ रहेको छ । राष्ट्रियस्तरको विकास बैंक ओमको चुक्ता पुँजी २ अर्ब ५१ लाख ५२ लाख रुपैयाँ रहेको छ ।
    मर्जर पश्चात बैकको कूल पुँजी तथा जगेडा कोषमा बृद्धि भई २० अर्ब ४२ करोड हुने छ भने निक्षेप र कर्जा क्रमश १ खर्ब र १ अर्ब१३ अर्ब पुग्नेछ । एनएमबि बैंले सन् २०१७ र सन् २०१८ मा लगातार दुई पटक बैंक अफ दी ईयर प्राप्त गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij