Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एनआईसी एशिया बैंकका ग्राहकलाई अल्का अस्पतालमा २० प्रतिशत छुट


  • बिहिबार, जेष्ठ २ २०७६

  • एनआईसी एशिया बैंकका ग्राहकलाई अल्का अस्पतालमा २० प्रतिशत छुट

    काठमाडौँ – एनआईसी एशिया बैंक लिमिटेड र अल्का अस्पताल प्रालि, काठमाडौंबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ ।

    उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठी र अल्का अस्पतालको तर्फबाट कार्यकारी निर्देशक विद्याश्रेष्ठ थापा र प्रशासन प्रमुख रोजिका प्रधानले हस्ताक्षर गरेका छन् ।
    उक्त सम्झौता पछि बैंकका ग्राहकले अल्का अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २०% सम्मको छुट पाउने छन् । एनआईसी एशिया बैंकका ग्राहकले अल्का अस्पतालको डिस्काउन्ट कार्ड प्रयोग गरी बैंकको डेबिट एवम् क्रेडिट कार्डमार्फत् उपचार शुल्क भुक्तानी गर्दा २०% सम्म छुट प्राप्त गर्ने जनाइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij