रुपन्देही– सिद्धार्थनगर नगरपालिका-१ डण्डाबाट मायादेबी गाउँपालिका(१ बस्ने २० वर्षीय अनिल चौधरीलाई नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ९१ एम्पुल, फेनारागन १ सय ९१ एम्पुल, नुर्फिन १ सय ९१ एम्पुल, मोबाईल १ थान र नगद १६ हजार रुपैयाँ सहित मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
साथै उक्त लागूऔषध लिन आएका कपिलबस्तु बाणगंगा नगरपालिका-११ बस्ने ३८ वर्षीय बुद्धेश्वर चौधरीलाई समेत सोही नगरपालिका-५ गल्लामण्डीबाट प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
