Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नीति तथा कार्यक्रम बहुमतले पारित


  • मंगलबार, बैशाख २४ २०७६

  • नीति तथा कार्यक्रम बहुमतले पारित

    काठमाडौं -सरकारले आर्थिक वर्ष २०७६ र ७७ का लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । आज प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र स्वतन्त्र सांसदहरुले नीति तथा कार्यक्रमको विपक्षमा मत दिएका थिए ।
    नीति तथा कार्यक्रममाथि नेपाली कांग्रेस, राजपालगायतका दलका सांसदले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।
    वैशाख २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि संसदमा आइतबार, सोमबार र मंंगलबार गरी तीन दिन छलफल भएको थियो ।
    आइतबार ५४, सोमबार ६३ र मंगलबार ६ जना सांसदहरुले नीति तथा कार्यक्रममाथि धारणा राखेका थिए । नीति तथा कार्यक्रम पारित भएपछि संसद बैठक ३ दिनका लागि स्थगित गरिएको छ । अब संसद बैठक वैशाख २७ गते ११ बजे बस्नेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij