Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

लेखापालविरुद्ध ५ करोडको भ्रष्टाचार मुद्दा


  • सोमबार, बैशाख २३ २०७६

  • लेखापालविरुद्ध ५ करोडको भ्रष्टाचार मुद्दा

    काठमाडौं -सरकारी सेवामा प्रवेश गरेको १५ वर्षमा एउटा कर्मचारीले ६ करोड भन्दा बढि कमाएका छन् ।
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, इटहरीका सुरेश अधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा हालेको छ ।
    अख्तियारका अनुसार जागिर अवधिमा उनको बैध आम्दानी ८८ लाख ३४ हजार ८ सय ८५ रुपैयाँ मात्र हुन्छ । तर, उनको परिवारले गरेको खर्च र लगानी ५ करोड ९८ लाख ६८ हजार ५ सय ८ देखिएको छ ।
    ५ करोड १० लाख ३३ हजार ६ सय २३ रुपैयाँ अवैध आम्दानी गरेको अख्तियारको दाबी छ । अवैध आम्दानी चार श्रीमती दुर्गा अधिकारी, दीपा श्रेष्ठ (अधिकारी) सुस्मिता अधिकारी, सोममाया श्रेष्ठ, सासु पुष्पकुमारी निरौला र मामा बलराम शर्माकोे नाममा घरजग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद र बैंकमा रकम राखेको पाइएको छ ।
    अख्तियारले अधिकारीसँगै ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
    २०५९ असोज १६ गते रोल्पाको तेवाङ गाविसको सचिवबाट सरकारी सेवा सुरु गरेका उनले २०६० जेठ २६ देखि २०६५ चैतसम्म नेपाल टेलिकमको चौथो तहको सहायक स्तरको पदमा काम गरे । २०६५ चैतमा लोक सेवा आयोगको परीक्षा उतीर्ण गरेका उनी कोष तथा लेखा नियन्त्रक कार्यालय भोजपुरमा काम गरेका थिए । २०६७ चैत २० देखि २०७४ वैशाख ६ गतेसम्म यातायात व्यवस्था कार्यालय कोशीको लेखापाल थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij