काठमाडौं – ग्रामिण तथा दुर्गम स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई थपदरिलो बनाउने क्रमसँगै एनआईसी एशिया बैंकले काठमाडौं उपत्यकाभित्र ४ र रौतहट जिल्लामा १ गरि ५ नयाँ शाखा कार्यालयहरुको उद्घाटन गरेको छ । साथै १ नयाँ शाखारहित बैंकिङ्ग सेवाको समेत औपचारिक उद्घाटन गरेको छ ।
उक्त नयाँ शाखाको उद्घाटन काठमाडौं महामनगरपालिका वडा नं ४, बालुवाटार स्थित बालुवाटार शाखाको प्रदेश नं ३ का सभासद नारायण सिलवाल,नार्गजुन नगरपालिका वडा नं.३ ठुलो भ-याङ्ग स्थित ठुलो भ-याङ्ग शाखा कार्यालयको बैंककका प्रादेशिक कार्यालय प्रमुख राजेश रावल,नार्गजुन नगरपालिका वडा नं.६, काठमाडौं स्थित रामकोट शाखाको उपप्रादेशिक कार्यालय, प्रदेश नं ३ प्रमुख सुबास जोशीले गरे ।
साथै, काठमाडौं महामनगरपालिका वडा नं ७, चाबहिल स्थित चाबहिल शाखाको सोहि वडाका वडा अध्यक्ष शुद्ध कुमार डंगोल,रौतहट जिल्लाको गुजरा नगरपालिका वडा नं. ९,रौतहट स्थित सिम्राभवानीपुर शाखाको गुजरा नगरपालिकाका उपप्रमुख रौसन खाँतुन तथा रुपन्देही जिल्लाको कंचन गाउँपालिका वडा नं. ४,गरगर्रेमा २४ औं शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन कंचन गाउँपालिका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले गरे ।
हालसम्म बैंकले मुलुकभर २ सय ८१ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २४ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदा नगर्दै आएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
