Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गण्डकी प्रदेशसभा भवन अगाडि बम विस्फोट हुँदा एक सैनिक घाइते


  • बिहिबार, बैशाख ५ २०७६

  • गण्डकी प्रदेशसभा भवन अगाडि बम विस्फोट हुँदा एक सैनिक घाइते

    पोखरा – कास्कीको पोखरास्थित गण्डकी प्रदेशसभा भवन अगाडि बम विस्फोट भएको छ । बिस्फोटमा परि एक सैनिक घाइते भएका छन् ।
    प्रदेशसभा भवनअगाडि बम भेटिएको खबरसँगै सेना पुगेर डिस्पोज गर्ने क्रममा विस्फोट हुँदा धर्मबहादुर थापा घाइते भएका हुन् । उनको हातमा चोट लागेको बताइएको छ ।
    यसैबीच पोखराको लेखनाथस्थित सैनिक बस्तीमा पनि शंकास्पद वस्तु भेटिएको छ । उक्त शंकास्पद वस्तुलाई सेनाको टोलीले डिस्पोज गरेको छ ।
    आज विप्लव समूहको नेकपाले नेपाल बन्दको आह्वान गरेको छ भने सो क्रममा विभिन्न स्थानमा बम फेला परेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij