Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पाँच तारे होटल सोल्टी वेष्ट एण्ड प्रिमियर नेपालगंजमा संचालन


  • बुधबार, बैशाख ४ २०७६

  • पाँच तारे होटल सोल्टी वेष्ट एण्ड प्रिमियर नेपालगंजमा संचालन

    नेपालगंज– सोल्टी होटल र नेपाली लगानीकर्ताको सहकार्यमा नेपालगंजमा स्थापना भएको पाँच तारे होटल सोल्टी वेष्ट एण्ड प्रिमियर संचालनमा आएको छ ।
    उक्त होटलको प्रधानमन्त्री केपी शर्मा ओली, उर्जामन्त्री वर्षमान पुन र पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
    सोल्टी होटल समूहले ५५ करोड रुपैयाँ लगानी गरी नेपालगंजमा संचानलमा ल्याएको होटल गत वर्ष अंग्रेजी नयाँ वर्ष पारेर सुरु भएको थियो ।
    ८१ कोठा सहितको सुविधा सम्पन्न होटल संचालनमा आएसँगै पर्यटनलाई आवश्यक जनशक्ति तयार गर्ने काममा पनि सक्रिय हुने होटलले जनाएको छ ।
    यो होटलले नविकरणीय उर्जा प्रयोग गरेको, वर्षाको पानी प्रयोग गरेको र उत्सर्जित फोहोर पानीलाई प्रशोधन गरेर पुनः प्रयोगमा ल्याएकोमा दिल्लीमा आयोजित १४औं अन्तर्राष्ट्रिय ट्राभल अवार्ड कार्यक्रममा ’वेष्ट डेब्यु ग्रीन होटल’ को पुरस्कार समेत पाएको थियो ।
    पाँच दशकदेखि काठमाडौंमा पाँच तारे होटल सोल्टी क्राउन प्लाजा संचालन गरिरहेको सोल्टी होटल समूहको काठमाडौं उपत्यका बाहिरको यो पहिलो होटल हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij