ललितपुर – कुपन्डोल हाईटमा सुविधासम्पन्न म्याक्सिम्स् ब्यांक्वेट सञ्चालनमा आएको छ । नयाँ वर्ष २०७६ को अवसर पारेर एक हजार जनासम्मका लागि पार्टी गर्न मिल्ने यो ब्यांक्वेट सञ्चालनमा ल्याइएको हो ।
प्रशस्त पार्किङ सुविधा, डिजे सिष्टम, फाइभ स्टार होटलका सेफबाट बनाइने हाईजेनिक फुड र शान्त लोकेसन म्याक्सिम्स् ब्यांक्वेटका विशेषता हुन् । बर्थ डे, विवाह पार्टी, सेमिनार लगायतका कार्यक्रम सुलभ र सहजरुपमा गर्नका लागि उपत्यकामा एउटा राम्रो स्थान म्याक्सिम्स् ब्यांक्वेट हुने प्रबन्ध निर्देशक योरजंग कार्कीले बताए ।
जलन जलन रेष्ट्रो एन्ड बार, म्याक्सिम्स् कफि सप पनि यहि समूहबाट सञ्चालित छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
