भक्तपुर– चाँगुनारायण नगरपालिका-९ स्थित ताथली हलल गाँउ डेरा गरी बस्ने झापा दमक नगरपालिका-९ दुधेका २५ वर्षीय सन्तोष लिम्बुलाई अपहरण गरेको अभियोगमा काठमाडौं कपन चुनिखेल बस्ने ३२ वर्षीय धनलाल श्रेष्ठ समेत ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
धनलाल समेतका ४ जनाले बा ९ च १८०१ नम्बरको कारमा सन्तोषलाई जबर्जस्ती राखी लगेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त जगातीबाट खटिएको प्रहरी टोलीले भक्तपुर नगरपालिका-९ ब्रम्हायणीमा उक्त गाडी फेला पारी सन्तोषको उद्धार गर्नुको साथै उनीहरुलाई गाडी सहित पक्राउ गरेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
