काठमाडौं– सप्तरी राजविराजमा रहेको भूमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बा बासुदेव मण्डल ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
मोही जग्गाको बाँडफाँट गरी लगत कट्टा गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
उनलाई कार्यालय परिसरबाट नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको अख्तियारले जानकारी दिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
