Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

लिटिल मिस हेरिटेज नेपालका लागि ११ प्रतियोगी छनौट


  • आइतबार, चैत्र २४ २०७५

  • लिटिल मिस हेरिटेज नेपालका लागि ११ प्रतियोगी छनौट

    काठमाडौं – ‘लिटिल मिस हेरिटेज नेपाल २०१९’को लागि ११ प्रतियोगी छानिएका छन् । शनिबार मण्डला ब्याङ्क्वेट तीनकुनेस्थित पहिलो चरणको अडिसनबाट यी प्रतियोगी छानिन सफल भएका हुन् ।
    जेनिथ ईन्टरटेनमेन्ट आयोजक रहेको प्रतियोगिताको अडिसनमा दुई दर्जन बढी सहभागी भएका थिए । प्रतियोगिताको अर्काे चरणको अडिसन अगामी बिहिबार हुँदैछ । दुबै अडिसनबाट छानिएका प्रतियोगीले मात्र अन्तिम प्रतियोगिताको तयारी कक्षामा सहभागी हुन पाउने छन् । प्रतियोगितामा इप्लानेट नेपालको पनि सहकार्य रहेको छ ।
    मिस नेपाल एशिया फष्टरनरअप प्रतिक्षा बिष्ट, लिड गिटारिष्ट बिजार सिंह थापा, बिमास बाबु श्रेष्ठ, लिटिल मिस हेरिटेज २०१८का बिजेता प्रंसासा रायमाझी, शारिका प्रजापती, निजान क्षेष्ठ, जेनिशा तामाङ, म्रिनाल श्रेष्ठ, सुवासिनी काफ्ले, जेनिथ ईन्टरटेनमेन्ट सिइओ विक्रम सिंह मैनाली, कार्यकारी निर्देशक प्रमोद केसी लगायत रहेका थिए ।
    ‘परिबर्तनका लागि जेनिथ’ भन्ने मुल नाराका साथ कलिला मस्तिष्कहरुमा सकरात्मक बिकाश गराइ उनिहरुको ब्याक्तित्व बिकाश र आत्मबिस्वास अभिबृद्धी गरि मिडिया, समाज र मुलुकका लागि कुशल नेतृत्वदायी ब्यक्तित्व उत्पादन गर्न प्रतियोगिताका लाभदायक हुने जेनिथ ईन्टरटेनमेन्टका सिइओ बिक्रम सिङ मैनालीले बताए ।
    शनिबार बिहानैबाट पानी परेको कारण अडिसनमा केही कमी भएको प्रवन्ध निर्देशक प्रमोद केसीले बताए । अडिसनमा आउन नसक्नेले ब्यक्तिगत अडिसन दिएर पनि छानिने अवसर पाउने उनले खुलाए । उनले थपे ‘इच्छुकले ब्यक्तिले पेज मार्फत जानकारी लिएर आगामी बिहिबारको अडिसनमा समेत सहभागिता जनाउन सक्नेछन् ।’
    अडिसनबाट छानिएका प्रतियोगिताले अन्तिम स्पर्धाका लागि कलाकार, मोडेल, चर्चित ब्यक्तिबाट बिभिन्न प्रशिक्षण लिनेछन् ।
    मिस हेरिटेज नेपालका दुबै शिर्ष बिजेताले आकर्षक नगद पुरस्कार, म्युजिक भिडियो तथा अध्ययनका लागि बिभिन्न छात्रवृत्तिको साथ नेपालको प्रतिनिधित्व गर्दै अन्तरास्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गर्नेछन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij