जाजरकोट– सिभिल बैंकले जाजरकोट जिल्लाको शिवालय गाँउपालिकामा शाखा स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन कर्णाली प्रदेश सभा सदस्य करबीर शाहीले गरेका छन् ।
शाखा उद्घाटन गर्दै कर्णाली प्रदेश सभा सदस्य शाहीले अहिलेपनि नेपालको कूल ४० प्रतिशत जनताले मात्र बैकिङ्ग गर्ने र सो ४० प्रतिशत भित्रको ४२प्रतिशतले मात्र ऋण सुविधाको उपभोग गर्ने गरेको र बैंकको उपस्थितिविना संघीय नेपालको समृद्धि हुन नसक्ने बताए ।
सिभिल बैंकका माईक्रो बैकिङ्ग प्रमुख युवराज गुरागाईंले ग्रामीण भेगको आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
