वीरगञ्ज -वीरगञ्जमा आइतबार साँझ आएको हावाहुरीका कारण चार जनाको मृत्यु भएको छ भने ४ दर्जनभन्दा बढी घाइते भएका छन् ।
पर्सा जिल्ला प्रहरी कार्यालयका अनुसार नेसनल मेडिकल कलेजमा दुई जना, वीरगञ्ज हेल्थ केयरमा एक जना तथा नारायणी उपक्षेत्रीय अस्पतालमा दुई जनाको शव आइपुगेको हो । त्यस्तै, अर्को एउटा शव फेला परेको पनि प्रहरीले जनाएको छ ।
मृत्तकहरुको पहिचान खुल्न सकेको छैन । मृत्तक मध्ये वीरगञ्ज हेल्थ केयरमा एक जना ६ वर्षीय बालकको शव रहेको छ ।
आइतबार साँझ करीब आठ बजे वीरगञ्जमा हावाहुरी आएको थियो । हावाहुरीका कारण विजुलीका खम्बा तथा रुखहरु ढल्नुका साथै गुडिरहेका ३ दर्जन गाडी पल्टिनुका साथै क्षति पुगेको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
