ललितपुर -ललितपुर महानगरपालिका नक्सा शाखामा कार्यरत अमिन वीरेन्द्र चन्द २० हजार घूससहित पक्राउ परेका छन्।
महानगरका कर्मचारी चन्दलाई जग्गाको प्राविधिकमार्फत् नापजाँच गरी क्षेत्रफल निर्क्यौल गरी सिफारिस गर्नका लागि सेवाग्राहीसँग घूस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
उनलाई महानगरपालिकाबाटै रंगेहात पक्राउ गरिएको र उनीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
