काठमाडौं–काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित सगरमाथा ट्रेकिङ पसलमा जुवातास खेलिरहेको अवस्थामा पसलका संचालक काठमाडौं ठमेल बस्ने गोरखा घर भएका ४२ वर्षीय हस्तबहादुर परियार समेत ५ जनालाई १ बुक तास र नगद ४५ हजार ५० रुपैयाँ सहित सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी काठमाडौं, टोखा नगरपालिका-६ भरतपाटीस्थित निर्माणधिन घरमा जुवातास खेलिरहेको अवस्थामा टोखा नगरपालिका-८ घर भएका ३६ वर्षीय रामदेव रिमाल समेत १४ जनालाई ६ बुक तास र नगद ४ लाख ३५ हजार रुपैयाँ सहित सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
