Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कारागारमा बुनेका नेपाली बाँसका मुडा अष्ट्रेलियालामा


  • शनिबार, चैत्र ९ २०७५

  • कारागारमा बुनेका नेपाली बाँसका मुडा अष्ट्रेलियालामा

    नेपालमा कारागारमा बनेका बाँसका मुडा अष्ट्रेलियाको बजारमा उपलब्ध हुने हुने भएका छन् . नेपालका विभिन्न कारागारका कैदिहरुले हातले बनाएका मुडा अष्ट्रेलिया स्थित कथा प्राईभेट लिमिटेडले अष्ट्रेलियाको बजारमा आयात गरेको हो । नेपालमा उत्पादित सामानलाई अष्ट्रेलियाको बजारमा प्रवद्र्धन गर्नुका साथै नेपालमा रोजगारी सिर्जना गर्ने प्रयास स्व?प कथाले मुडाको बजारिकरण सुरु गरेको हो ।
    शनिवार सिड्नीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा कथाका निर्देशक अरुण ढकालले पहिलो चरणमा २५ वटा मुडाहरु आयात गरी सिड्नीमा प्रवद्र्धन गरिएको बताए । नेपालको नुवाकोटबाट यस पटक एक हजार मुडा सिड्नीमा हाल उपलब्ध भएको निर्देशक ढकालले बताए । ढकालले पहिलो पटक अस्ट्रेलियामा समान आयात गर्दा प्रकृया झन्झटीलो भएकोले पनि सामान आइपुग्न चार पाँंच महिना लागेको बताए ।
    कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेश पोखरेलले नेपालमा बनेका समानले
    अष्ट्रेलियामा बजारिकरण हुनु राम्रो भएको भन्दै नेपालमा रोजगारी सिर्जना गर्न यसले मद्दत हुने विश्वास व्यक्त गरे ।
    नेपालबाट वैधानिक प्रक्रियाबाट आयातित मुडाहरु अष्ट्रेलियाको क्वारेन्टाईनबाट समेत परिक्षण गरिएको छ । बाँस, पुराना टायर, प्लाष्टिकका डोरी लगायतका समान प्रयोग गरी उत्पादिन मुडा गुणस्तिरिय, टिकाउ र आकर्षक तथा वातावरणमैत्री छन् ।
    ठुला, मध्यम र साना गरेर विभिन्न ३ वटा साईजमा उपलब्ध मुडाहरु कथाको वेभसाईट तथा मिन्टो स्थित नमस्ते मिन्टो ग्रोसरीबाट हाल उपलब्ध हुने छ । भविष्यमा विभिन्न नेपाली व्यापार व्यवसाय, कार्यक्रम, रेष्टुरेन्ट तथा क्याफेसँग सहकार्य गरी नेपाली समानलाई थप प्रवद्र्धन र विस्तार गर्ने योजना भएको कथाले जनाएको छ । अस्ट्रेलियासँंगको ब्यापारघाटा बढ्दै गइरहेको सम्वन्धमा यस्ता नेपालका मौलीक बस्तुको आयातले केहि राहत दिनसक्ने कथाका सहयात्री सन्तोष ओझाले बताए । हामीले नेपालवाट पहिलो पटक मौलीक सामानहरुको आयात गर्ने सोचका साथ जेलमा कैदीबन्दीहरुले बुनेका मुढा ल्याएका छौ, निकट भबिष्यमा हामी अलैचीजस्ता उत्पादनहरु पनि अस्ट्रेलिया ल्याउने सोचमा अगाडि बढेका छौ , ओझाले सुनाए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij