कैलाली– ग्लोबल आइएमई बैंकले कैलालीको अत्तरियामा आफ्नो नयाँ शाखा स्थापना गरेको छ ।
उक्त शाखाको पूर्व मन्त्री एंव प्रतिनिधि सभा सदस्य लेखराज भट्टले औपचारिक उद्घाटन गरेका छन् ।
उक्त शाखाको औपचारिक उद्घाटन गर्दै भट्टले अत्तरिया लगायत देशका अन्य स्थानहरुमा ग्लोबल आइएमई बैंकले बिस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनिय टेवा पुगेको बताए ।
त्यसैगरी, बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंक सुविधा सम्पन्न स्थानमा मात्र नभएर विकट क्षेत्रमा समेत पुगेर आफ्नो सेवा प्रदान गरिरहेको जानकारी गराउँदै सबै वर्ग र क्षेत्रलाई बैंकिङ्ग पहुँचमा ल्याउने बैंकको प्राथमिक उद्देश्य रहेको बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
