Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

महालक्ष्मी लाईफ इन्स्योरेन्स र मुक्तिनाथ बिकास बैंकबीच सम्झौता


  • बिहिबार, चैत्र ७ २०७५

  • महालक्ष्मी लाईफ इन्स्योरेन्स र  मुक्तिनाथ बिकास बैंकबीच सम्झौता

    काठमाडौं– मुक्तिनाथ बिकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बिमा सेवा दिने सम्बन्धि सम्झौता भएको छ।
    उक्त सम्झौतामा मुक्तिनाथ बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत तुल बहादुर गुरूङ र महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले हस्ताक्षर गरेका थिए।
    यो सम्झौता अनुसार मुक्तिनाथ बिकास बैंकले देशभर रहेका आफ्ना १२० शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बिमा योजनाहरु बिक्री गर्नेछ।
    महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बिमा योजना, डबल बिमा योजना र लगानी फिर्ता बिमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij