Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मलेसियाका राजा अगोङसमक्ष राजदूत पाण्डेबाट ओहोदाको प्रमाणपत्र पेस


  • बिहिबार, चैत्र ७ २०७५

  • मलेसियाका राजा अगोङसमक्ष राजदूत पाण्डेबाट ओहोदाको प्रमाणपत्र पेस

    मलेसिया– मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले मलेसियाका राजा याङ दि–परतुयान अगोङ १६औं, अल–सुल्तान अब्दुल्ला रिया–यातुद्दीन अल–मुस्तफा विल्लाह शाहसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
    आज क्वालालम्पुरमा आयोजित एक विशेष समारोहमा राजदूत पाण्डेले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।
    कार्यक्रममा राजदूत पाण्डेले राजा अगोङसँग शिष्टाचार भेट समेत गरेका छन् ।
    उनले मलेसियामा ठुलो संख्यामा रहेका नेपाली श्रमिकहरुको उपस्थिति र दुवैतर्फका पर्यटकहरुको बढ्दो आवतजावतले दुई देशलाई जनस्तरमा जोड्न महत्वपूर्ण भूमिका खेलेको बताए । उनले हालैका ऐतिहासिक राजनीतिक परिवर्तनपछि भएको राजननीतिक स्थिरतासँगै नेपाल पूर्ण रुपमा आर्थिक सम्मृद्धि र विकासमा केन्द्रीत भएको बताए ।
    राजा अयोङले ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै राजदूत पाण्डेको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै राजदूत पाण्डेमार्फत नेपालका राष्ट्रपति र नेपाली जनताको सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।
    राजदूत पाण्डे यसअघि सन २०११ देखि २०१५ सम्म साउदी अरेबियाका लागि नेपाली राजदूत बनेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij