काठमाडौं -काठमाडौं महानगरपालिका-१६ बालाजु सुकुम्बासी टोलस्थित कुमार तामाङको टिनले छाएको घरमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं माछापोखरी बस्ने खोटाङ दिक्तेल नगरपालिका-३ घर भएका २३ वर्षीय युवराज आचार्य समेत ७ जनालाई ३ बुक तास र नगद ३६ हजार ९ सय ५० रुपैयाँ सहित मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुर, सूर्यविनायक नगरपालिका-५ कटुञ्जे सुवर्णेश्वरर चोक डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका ५५ वर्षीय नर्बु लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा नर्बु लामा समेत ६ जनालाई १० बुक तास र नगद २ लाख ८६ हजार ३ सय १० रुपैयाँ सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
रौतहट, गढिमाइ नगरपालिका धनहारी बस्ने सुरेश यादवको घरमा जुवा खेलिरहेको अवस्थामा कटहरीया नगरपालिका(५ का ४५ वर्षीय हरिन्द्र राउत समेत ३ जनालाई नगद ४० हजार १ सय २५ रुपैयाँ, जुवा खेलमा प्रयोग गरिने लेमिनेसन गरिएको कार्ड ७ थान, कौडी ७ थान र ३ बुक तास सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
