Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पोखरा चेम्वर अफ कमर्स र भारतिए चेम्वर अफ कमर्स बिच सम्झौता


  • बुधबार, चैत्र ६ २०७५

  • पोखरा चेम्वर अफ कमर्स र भारतिए चेम्वर अफ कमर्स बिच सम्झौता


    पोखरा- पोखरा चेम्वर अफ कमर्स कास्की र इण्डिया इम्पोटर्स चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिज बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    उक्त समझदारी पत्रमा पोखरा चेम्वर अफ कमर्स कास्कीको तर्फ वाट अध्यक्ष किसान सुनार र इण्डिया इम्पोटर्स चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रिजको तर्फ वाट अध्यक्ष ऐ.के सक्सेनाले हस्ताक्षर गरेका छन ।

    दुई राष्ट्र बीचको अर्थतन्त्र, व्यवसाय प्रर्वद्धन सम्वन्धमा समसामयीक आपसी समन्वय र सहयोग आदान प्रदान गर्ने सम्वन्धमा १० वुदाँमा वुदागत सहमझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    स्थापना कालको छोटो समयमानै पोखरा चेम्वर अफ कमर्स कास्कीले अन्तर्राष्ट्रिय स्तरको समन्वय अभिवृद्धि गर्न सफल भएको छ । अध्यक्ष किसान सुनारले भारत र नेपाल वीच त्यहाँका व्यापारिक संघ संस्थाहरु सँग वलियो सम्वन्ध बाट पोखराका व्यापारीक संघ संस्थाले सो समझदारीबाट लाभ लिन सक्ने र त्यसवाट राष्ट्रलाई समेत व्यवसायीक फाइदा हुने कुरा समेत उल्लेख गरे ।

    दुई संस्था बिचको सम्झौताले पोखरा चेम्वर अफ कमर्स कास्कीले आफ्नो संस्था मार्फत व्यापारीक फाइदा मात्र होइन, समाजिक र साँस्कृतिक रुपमा समेत जोडिएर अन्तर्राष्ट्रिय स्तरमा नेपालको सँस्कृतिको समेत प्रर्वद्धन गर्न सहयोग पुग्ने अध्यक्ष सुनारले बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij