Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नक्कली सुन देखाई ठगी गर्ने ६ जना पक्राउ


  • मंगलबार, चैत्र ५ २०७५

  • नक्कली सुन देखाई ठगी गर्ने ६ जना पक्राउ


    काठमाडौं– काठमाडौंको विभिन्न स्थानबाट नक्कली सुन २ थान र १ हजार दरका नक्कली नेपाली नोट ५ थान सहित ६ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
    पक्राउ पर्नेहरूमा नुवाकोट किस्पाङ गाउँपालिका-१ का ३८ वर्षीय मसा तामाङ,नुवाकोट तारकेश्चर गाउँपालिका-२ का ३१ वर्षीय बुद्धिमान तामाङ, नुवाकोट सोही गाउँपालिकाका-२ का २८ वर्षीय मंगले तामाङ, नुवाकोट मेघाङ गाउँपालिका-६ का २६ वर्षीय राउसिंह तामाङ, काठमाडौं तारकेश्वर नगरपालिका-७ फुटुङरनागपोखरी बस्ने गोरखा अजिकोट गाउँपालिका घर भएका ३९ वर्षीयकुशल अधिकारी र गोरखा, गोरखा नगरपालिका-१ ताप्लेका ३२ वर्षीय गोबिन्द पोखरेल रहेका छन् ।
    बिगत केही महिनादेखि काठमाडौं उपत्यकाको विभिन्न स्थानहरुमा नक्कली सुनलाई सक्कली सुन हो भनी विभिन्न व्यक्तिहरुलाई सस्तो मूल्यमा सुन दिलाई दिन्छु भन्दै प्रलोभनमा पारी ठगी गर्ने गरेको उजुरीको आधारमाकेन्द्रीयअनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij