काभ्रे– मण्डनदेउपुर नगरपालिका-७ बस्ने १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही नगरपालिका-३ बस्ने २१ को प्रकास दनुवार राई समेत ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
गत आइतबार राति सोही नगरपालिकास्थित ईन्द्रावती नदीको बगरमा लगी ती बालिकालाई राई समेत ४ जनाले जबरजस्ती करणी गरेको भन्ने खबर मंगलबार बिहान प्राप्त हुनासाथ प्रहरी चौकी हिगुवापाटीबाट खटिएको प्रहरीले राई समेत ३ जनालाई पक्राउ गरेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
