Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

र्‍याप व्याटल अफ नेपाल २०१९ हुँदै


  • सोमबार, चैत्र ४ २०७५

  • र्‍याप व्याटल अफ नेपाल २०१९ हुँदै


    काठमाडौं– विगत २१ वर्षदेखि शैक्षीक तथा १२ वर्षदेखि ईभेन्ट र मनोरञ्जन क्षेत्रमा अनुभवी व्यक्तिहरुद्वारा सञ्चालित एएनपी मिडिया हाउसले नेपालमै पहिलोपट
    र्‍याप संगीतको क्षेत्रमा बृहतरुपमा र्‍याप व्याटल अफ नेपाल २०१९ प्रतियोगिता आयोजना गर्ने भएको छ ।
    विभिन्न शैक्षिक कार्यक्रम तथा विभिन्न उमेर समूह र वर्गका लागि सौन्दर्य र प्रतिभामूलक कार्यक्रम आयोजना गर्दै आएको हाउसले ¥याप सगीतका लागि पहिलोपटक बृहतरुपमा रियालीटी शोका रुपमा स्पर्धा गर्न लागेको हो।
    १२ वर्षदेख २४ वर्ष उमेर समूहका कम्तिमा ८ कक्षा अध्ययन गर्दै गरेको कुनै पनि उचाई र वजनका प्रतिभाशाली नेपाली नागरीकले यसमा भाग लिन सक्ने मिडिया हाउसका प्रवन्ध निर्देशक लबबहादुर कार्कीले जानकारी गराएका छन् । यो रियालिटी शोमा भोटिङ प्रणालि तथा निर्णायकको मूल्यांकन आधारमा विजेता घोषणा गरिने उनले बताए । व्याटलमा प्रथम हुनेलाई ३० हजार रुपियाँ तथा फष्ट र सेकेण्ड रनर्सअपलाई क्रमशः २० र १० हजार रुपियाँ प्रदान गरिनेछ।
    टेलिभिजन र एएनपी मिडिया हाउसको आधिकारीक युट्युब च्यानलमा देखाईने ¥याप व्याटल अफ नेपाल २०१९ का लागि आगामी चैत २२ गते राजधानीमा अडिसन लिइनेछ । अडिसनबाट एक सयजनालाई चयन गरिने र उनीहरुका बिच स्पर्धा गराइने कार्कीले जनाएका छन् ।
    ¥याप गीत संगीतले पछिल्लो समयमा पाएको लोकप्रियता तथा यसमा युवा पुस्ताले देखाएको उत्साहका कारण ¥याप व्याटल अफ नेपाल २०१९ आयोजना गर्न लागिएको आयोजक कार्कीले बताए । उनका अनुसार यो प्रतियोगिता नेपालका चर्चित ¥यापरहरुकै बिच सञ्चालन गरिनेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij